तपाईँ सुन्दै हुनुहुन्छः

पदस्थापन गरिँदा प्राथमिकता दिन अपाङ्गता भएका शिक्षकहरूको माग

काठमाडौँ । अपाङ्गता भएका शिक्षकहरूले स्थायी शिक्षकको पदस्थापन गरिँदा आफूहरूलाई प्राथमिकता दिन माग गर्नुभएको छ ।

नेत्रहीन युवा संघ नेपाल र शिक्षा पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरकारले पदस्थापन गरिँदा पहिलो प्राथमिकतामा अपाङ्गता भएका शिक्षक, महिला शिक्षक र त्यसपछि मात्रै योग्यताक्रम सूचीलाई स्थान दिने व्यवस्था संशोधन गरेकोप्रति अपाङ्गता भएका शिक्षकहरूले असहमति रहेको बताउनुभयो ।

कार्यक्रममा नेत्रहीन युवा संघका अध्यक्ष कलाधर भण्डारीले योग्यता क्रमबाट पदस्थापन गर्दा अपाङ्गता भएका शिक्षकहरू अपायक र न्यूनतम पूर्वाधार समेत नभएका विद्यालयमा पर्दा समस्या भोग्नुपरेको बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाका नारद धमलाले अपाङ्गता भएका शिक्षकहरूको समस्याबारे सरकार जानकार रहेको र अहिले संशोधन भएको मापदण्ड सच्याएर मात्रै समस्या समाधान गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button