तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँग भेटवार्ताका लागि राजदूत थोम्पसन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटवार्ताका क्रममा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ ।

सो अवसरमा राजदूत थोम्पसनले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा दाहाललाई बधाईसमेत दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button