तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना भित्रिन नदिन सीमा कडाइ गरिने

कैलाली । कोरोना सङ्क्रमण नेपाल भित्रिन नदिन नेपाल भारत सीमा नाकामा कडाइ गरिने भएको छ ।

आज प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै सीमामा कडाइ गर्ने निर्णय गरिएको हो ।

कोरोनाबाट बच्न सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि स्थानीय तहलाई अपिल गरिएको छ । त्योसँगै सीमामा रहेका हेल्थ डेस्कमा थप जनशक्ति, पूर्वाधार लगायतका व्यवस्थापनका लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

चिसोमा शीतलहर र हुस्सुका कारण सम्भावित दुर्घटना हुन नदिन सडकमा टाइम कार्ड लागू गरिने भएको छ । त्यसका लागि ट्राफिक कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button