तराई मधेशका जिल्लाहरुमा अत्यधिक चिशो, जनजीवन कष्टकर

जनकपुरधाम । विगत केही दिन देखि तराई मधेशका जिल्लाहरुमा वाक्लो कुहिरोसंगै चलेको शितलहर चलेका कारणले कठ्याग्रीदो जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ ।
पश्चिम दिसावाट चलेको चिसो हावाका कारणले चिसो अत्यधिक मात्रामा बढेपछि बृद्ध, असक्त तथा वालवालिकाहरु बढी मात्रामा प्रभावित भएका छन् । चिसो अत्यधिक मात्रामा बढेपछि विहानको समयमा चहलपहलमा कमी आएको छ ।
चिसोवाट जोगिनका लागि ठाउँ ठाउँमा आगो बालेर जीउँ तताउने काम सर्वसाधारणले गरिरहेको छ । अत्यधिक चिसो बढेका कारणले वालवालिकाहरुमा निमोनियाको समस्या अत्यधिक मात्रामा बढेको प्रादेशिक अस्पताल जनकपुरधामका बरिष्ठ बालरोग विषेशज्ञ डा. जामुन सिंहले जानकारी दिनु भयो ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज विहानको तापक्रम ९ डिग्रीमा झरेको छ । विहान ११ बजेको अधिकतम तापक्रम १७ डिग्री सेल्सीयस मापन भएको छ ।
चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति घट्न थालेको छ । चिशोका कारणले विद्यार्थीहरु विद्यालय आउन छाडेका छन् । कतिपय विद्यालयहरुमा अद्र्ध वाषिक परीक्षा चलेकाले विद्यार्थीहरु परीक्षाका लागि विद्यालय आउने गरेका छन् ।
मधेश प्रदेशमा रहेका अतिविपन्न वर्गका व्यक्तिहरुलाई पर्याप्त मात्रामा लुगा फाटा तथा ओढ्ने ओछ्याउने कपडा नभएकाले समस्यामा परेका छन् । यसै गरि अत्यधिक मात्रामा कुहिरो लागेका कारणले जनकपुरधाम काठमाडौ र काठमाडौँ जनकपुरधाम विमान सेवा आंशिक रुपमा प्रभावित बनेको छ ।

अत्यधिक चिसोका कारणले रुघा खोकी, निमोनिया जस्ता समस्याहरुवाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने विरामीको संख्या बढ्न थालेको छ । मधेश प्रदेशको धनुषा, महोत्तरी सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रामा चिसो बढेको छ ।
यसैबीच कठ्याग्रीदो जाढो बढेपछि त्यसवाट गरिव, विपन्न तथा यात्रीलाई लक्षित गरेर जनकपुरधाम उपमहानगरपालिकाको ६ ठाउँमा दाउरा सहितको आगो बालेका छन् । जनकपुरधाम उपमहानगरपालिका, स्थानीय सुरक्षा निकाय तथा जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा आगो बाल्ने काम भएको छ ।
आगो बाल्ने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका सुरक्षा निकायको सहभागिता रहेका थिए ।







प्रतिक्रिया राख्नुहोस्