सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष ओली
सरकारको साझा कार्यक्रम बनाउने जिम्मा ओलीलाई

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बारे छलफल गर्न आज बसेको सत्ता गठबन्धन दलको बैठकले संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोक्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यूनतम साझा कार्यक्रम ल्याउन एमाले अध्यक्ष ओली नेतृत्वमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य रहने गरी समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भएको पनि बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्