तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ४ महिनामा ८० जना क्षयरोगका बिरामी भेटिए

अछाम । पछिल्लो ४ महिनाको अवधिमा अछाममा ८० जना क्षयरोगका बिरामी भेटिएका छन् ।

आर्थिक बर्ष २०७९/०८० को श्रावण देखि कार्तिक सम्मको तथ्याङ्क अनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा अछाम जिल्लामा १ सय ८१ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

यस्तै मलेरियाका १० जना नयाँ बिरामी समेत यस आर्थिक वर्षमा फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा मलेरियाका समेत १ सय ८१ जना बिरामी थिए ।

गत आर्थिक वर्षमा अछाम जिल्ला ५७ जनालाई एचआइभी एड्सको संक्रमण रहेको पुष्टि भएको थियो । सदरमुकाम र साँफेबगरमा क्षयरोग, एचआइभी र मलेरिया सम्बन्धी आयोजना भएको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

जिल्लामा पछिल्लो समय तराई क्षेत्रमा देखा पर्ने रोग समेत देखिन थालेको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताउनुभयो । नसर्ने रोगका बिरामी समेत बढिरहेको र यो स्वास्थ्य क्षेत्रमा चुनौतीका रुपमा देखा परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button