तपाईँ सुन्दै हुनुहुन्छः

चीन भित्रने आगन्तुकहरूलाई जनवरी ८ देखि क्वारेनटाइनमा बस्न नपर्ने

काठमाडौं । चीनले आगामी जनवरी ८ तारिखदेखि विदेशबाट आउने आगन्तुकहरूलाई क्वारेनटाइनमा बस्न नपर्ने घोषणा गरेको छ । 

चीनले आफ्नो शून्य कोभिड नीतिलाई चरणबद्धरुपमा हटाउने क्रममा आगन्तुकहरूमाथि अनिवार्य क्वारेनटाइनको व्यवस्था हटाउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । 

यसैबीच, चिनियाँ  राष्ट्रपति सी जिनपिङले कोभिड क्वारेनटाइन खुकुलो गरेसँगै आउन सक्ने अवस्थाको डटेर सामना गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । 

चीने सन् २०२०को मार्च महिनादेखि मुलुक भित्रने सबै आगन्तुकहरूलाई अनिवार्य क्वारेनटाइनमा बस्न पर्ने व्यवस्था अबलम्बन गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button