तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलनद्वारा १५ बुँदे घोषणा पत्र जारी

काठमाडौँ । सरकारी वकिलहरूको तीन दिने चौथो राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले स्वच्छ, सुनुवाइ, उत्तरदायित्व र जबाफदेहिता, व्यावसायिकता, मानव अधिकारको संरक्षण, अपराध पीडितलाई न्याय, बालमैत्री तथा लैङ्गिक संवेदनशीलता जस्ता मूल्यहरूप्रति प्रतिबद्ध रहेको निष्कर्ष निकालेको छ ।

चौथो राष्ट्रिय सम्मेलनले अनुसन्धान र अभियोजन, संहिता कानून कार्यान्वयनमा प्रभावकारिता, न्याय प्रशासनको क्षेत्रमा विकसित नविनतम् अवधारणा अङ्गीकार गरेका संहिता लगायतका कानुनहरूको अनुसन्धान र अभियोजनमा सुधार गर्नुपर्ने, कसुरको अनुसन्धान वैज्ञानिक प्रमाणमा आधारित भए मात्र अभियोजन प्रभावकारी हुनसक्ने भएकाले जनशक्ति, श्रोत साधनको सुनिश्चितता गर्नुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी फौजदारी तथा दण्डका सुधारात्मक व्यवस्थाहरूको कार्यान्वयन गर्नुपर्ने, योजना तर्जुमा र कार्यान्वयनमा प्रभावकारिता हुनुपर्ने, अनुसन्धान तथा विकास र सूचना प्रविधिको प्रयोग र सरकारी वकिलको व्यावसायिकताको विकासका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने घोषणापत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button