तपाईँ सुन्दै हुनुहुन्छः

छाडा पशु चौपायाका कारण खेतीयोग्य जमिन बाँझिदै 

सल्यान । छाडा पशु चौपायाका कारण सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका खेतीयोग्य जमिन बाँझिदै गएको छ ।

अत्यधिक गहुँ र धान उत्पादन हुने त्यस क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन हुन नसक्दा किसानहरूले खेती योग्य जमिन बाँझै छोड्न बाध्य भएका छन् । खेतमा लगाएको बाली नाली छाडा पशु चौपायाले नष्ट गरिदिने भएपछि किसानहरूले बालीनाली नै लगाउन छोडेका हुन ।

बनगाड कुपिण्डेको अम्रा, माल्पे, घाटगाउ, बस्नेउरा, बुरेली, खहरेखोला, बेलखोला, बागचौर लगायतका ठाउँहरूमा छाडा पशु चौपायाका कारण दिन प्रतिदिन जमिन बाँझिदै गएको हो । 

छाडा पशुचौपाया व्यवस्थापन गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि व्यवस्थापन हुन नसक्दा सयौँ छाडा पशु चौपाया सडक, बजार तथा खेतबारीमा पस्ने गरेको किसान डम्बर महतराले बताउनु भयो ।

अहिलेको यो समय गहुँ लगाउने समय हो । तर यहाँका किसानले यो बर्ष भने आफूहरूले केही बाली नलगाएको उहाँले बताउनु भयो । ‘पटक पटक हामीले नगरपालिकालाई यो समस्या भनिसकेका छौ । तर समाधान हुन सकेको छैन । 

लगाएको बाली छाडा पशु चौपायाले खाँदा बीउ, मल र मेहनतको प्रतिफल नै आउने नगरेको उहाँले दुखेसो गर्नुभयो । 

बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले आफूहरूले छाडा पशु चौपायाको व्यवस्थापनको लागि उचित ठाउँ खोजेको तर भनेजस्तो ठाउँ नपाएको बताउनु भयो । यसका लागि नगरबाट आवश्यक बजेट छुट्याइएको र ठाउँको खोजी भइरहेको बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button