तपाईँ सुन्दै हुनुहुन्छः

दाइजो कसुरमा महोत्तरीका डा. पङ्कज पक्राउ  

जनकपुरधाम । दाइजो विरुद्धको कसुरमा महोत्तरीका डा. पङ्कज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर वडा नंं ५ का वर्ष ३५ को पङ्कजलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो ।

पत्नी नेहा चौधरीले दिएको दाइजो विरुद्धको जाहेरीको आधारमा डा. पङ्कजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिनु भयो । दाइजोविरुद्धको कसुरमा कारबाही गर्न पङ्कजमाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनु भयो । 

डा. चौधरीलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ । गत वर्षको फागुनमा नेहा र पङ्कजको सामाजिक परम्परा अनुसार विवाह भएको थियो । जसमा नेहाको माइत पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो । 

पङ्कजले दाइजोमा काठमाडौँमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै भन्दै नेहाले जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा तथा दाइजोका विरुद्धमा दुई वटा मुद्दा दायर गरेका थिए । नेहाले आफू माथि कुटपिट तथा यातना दिँदै आएको पत्रकार तथा मानव अधिकार सहितको निकायमा जाहेरी दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button