सडक पेटी मिचेर बनाइएका संरचना हटाउन शुरु
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका बजार क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना र टहरा हटाउन अभियान सुरु गरिएको छ ।

इनरुवा नगरपालिकाले नागरिकलाई सडक पेटीबाट हिँड्न समेत समस्या हुने गरि निर्माण गरिएका संरचना हटाएको छ भने सडक फुटपाथका पसलहरू समेत हटाएको छ ।

मङ्गलवार इनरुवा नगरपालिकाले नगर प्रहरी समेतको सहयोगमा सडक अतिक्रमण गरि बनाइएका सटर, टहरा भत्काएको हो ।

बजार क्षेत्रको सडक अतिक्रमण गरेर बनाइएका पसल, फुटपाथ सहितका टहरा हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि भत्काउनुपरेको इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्