इन्डोनेसियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो

काठमाडौं । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गत सोमबार गएको ५.६ म्याग्नीच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३१० पुगेको छ ।
अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर २१ मिनेटमा पश्चिमी जाभाको सियानजुर क्षेत्रमा १० किलोमिटरको गहिराइमा ५.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ३१० पुग्नुका साथै २४ जना हराइरहेका त्यहाँको राष्ट्रिय विपद् न्यूनीकरण निकायले जनाएको छ ।
भूकम्पका कारण दुई हजार ४३ जना घाइते भएका छन् भने ६१ हजार ८०० जना विस्थापित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्