बैतडीमा एमालेका भण्डारी विजयी
बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई एक हजार पाँच सय ३१ मतान्तरले पराजित गर्नुभएको हो ।
भण्डारीले ३३ हजार छ सय ११ मत ल्याउँदा कुँवरले ३२ हजार ९० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७७ हजार चार सय ६० मत खसेकामा चार हजार नौ सय ६२ मत बदर भएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।
यसैबीच प्रदेशसभा (१) मा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी हुनुभएको हो । पालले १२ हजार आठ ३१ तथा भण्डारीले ११ हजार १८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याउनुभयो ।
प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट विजयी हुनुभयो । उहाँले एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । कांग्रेसका भट्टले १७ हजार एक सय ५३ तथा एमालेका भट्टले १६ हजार सातसय १६ मत प्राप्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्