सप्तरी २ को मतगणना रोकियो
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशङ्का भएपछि अहिले मतगणनाको कार्य रोकिएको छ ।

मङ्गलवार साँझ ९ बजेर १५ मिनेटमा मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले जानकारी दिनुभयो ।
सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आबद्ध नेता कार्यकर्ताले अहिले मतगणना स्थल अगाडि प्रदर्शन गरिरहेका छन् । मतपेटिकाको सिल नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग रहेको छ ।
यस विषयमा सप्तरीका सिडिओ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर उक्त घटनाबारे बुझ्ने कार्य भइरहेको बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्