तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा ५० प्रतिशत मतदान

भोजपुर । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा ५० प्रतिशत मतदान भएको छ ।

स्थानीय तहमा जस्तो मतदातामा उत्साह नदेखिएका कारण आधा मात्र मतदान भएको हो । बिहानसम्म कमै मतदान केन्द्रमा आएका मतदाताहरू दिउँसो मात्र थपिएका थिए ।

भोजपुरमा ६२ हजार एक सय ८२ जनाले मात्र मतदाता निर्वाचन प्रक्रियामा सामेल भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले जानकारी दिनुभयो । मतदानको आधारमा ५० दशमलव ३९ प्रतिशत मात्र मत खसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button