बारामा ६५ प्रतिशत मतदान
बारा । बारामा ६५ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि शुरु भएको निर्वाचन बेलुका ५ बजे सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले बताउनुभयो ।
९० प्रतिशत मतदान सकिएको र १० प्रतिशत मतदान भइरहेको हुँदा प्रतिशत सङ्ख्या केही थपिने प्रमुख निर्वाचन अधिकृत उपाध्यायको भनाई रहेको छ । जिल्लाभरिमा निष्पक्ष, धाँधलीरहित एवम् शान्तिपूर्वक निर्वाचन भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो ।
जम्मा ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता रहेकोमा पुरुष २ लाख ३६ हजार ८ सय ८०, महिला १ लाख ९६ हजार ६ सय १२ र अन्य १२ जना रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी गरि ६ हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्