नुवाकोटमा मतदान सम्पन्न, करिब ५४ प्रतिशत मत खस्यो
नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत नुवाकोटमा आज भएको निर्वाचनमा करिब ५४ प्रतिशत मत खसेको प्रारम्भिक सूचना मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
दुई वटा प्रतिनिधिसभा क्षेत्र र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एक सय ३२ निर्वाचन स्थलमा २ सय ८८ वटा केन्द्र रहेका थिए ।
शान्तिपूर्ण रुपमा सम्पन्न भएका मतपेटिका सदरमुकाम विदुर ल्याउन आवश्यक मुचुल्का उठाउने काम सम्पन्न गरी गणना स्थल ल्याउने तयारी भइरहेको छ ।
राति १० बजेसम्म मतपेटिका सङ्कलन गरी मध्यरात १ बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नुवाकोट क्षेत्र नं. १ को मतगणना खरानीटार हुने भएकाले सो क्षेत्रको मतपेटिका खरानीटारमै सङ्कलन हुने र क्षेत्र नं. २को मतगणना सदरमुकाम विदुरमा गरिने तयारी निर्वाचन आयोगले गरेको छ ।
जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा अस्थायी मतदान केन्द्र राखिएको थियो ।
नुवाकोट क्षेत्र नं. १ मा एक लाख २० हजार ७ सय ५२ र क्षेत्र नं. २ मा एक लाख १८ हजार ९ सय ७४ जना मतदाता रहेका थिए ।







प्रतिक्रिया राख्नुहोस्