पर्वतको जलजलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाइते

पर्वत । पर्वतको जलजला गाउँपालिका– २ मल्लाजमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।
म्याग्दीको बेनीबाट मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जिप दुर्घटना हुँदा ३१ वर्षीय चालक डम्बर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूको बेनी अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्