संविधानको रक्षा, सबै जाति, वर्ग, क्षेत्र र समुदायको हक अधिकार स्थापित गर्न प्रतिबद्ध : मन्त्री कार्की

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि गठबन्धन बनेको बताउनुभएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका–५ वसन्तपुरमा आज सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले संविधानको रक्षा, सबै जाति, वर्ग, क्षेत्र र समुदायको हक अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री कार्कीले बिचार र अभिव्यक्ति स्वतन्त्रता तथा मुलुकको समृद्धिका लागि वर्तमान सत्ता गठबन्धनको सहकार्य दिगो बन्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्