तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर गाउँपालिका कर्मचारीको मृत्यु

बैतडी  । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा न.८ की २७ बर्षीया सरस्वती धामी, बोहराको खर काट्ने क्रममा लुपुड भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिनुभयो ।

मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन ।

बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् । हिउँदमा पशु चौपायालाई खुवाउन खर पाखाबाट काटेर थुप्रो बनाउने चलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button