तपाईँ सुन्दै हुनुहुन्छः

अग्रगामी परिवर्तनका लागि गठबन्धन: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

अछाम । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको अग्रगामी परिवर्तन र संविधान तथा लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको छ ।

उहाँले यस पटकको चुनाव देशमा लोकतन्त्र बचाउने फैसला गर्ने चुनाव भएकाले यसलाई गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

अछामको कमल बजारमा सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उपाध्यक्ष श्रेष्ठले गठबन्धनको मुख्य लक्ष्य भनेको देशमा स्थिरता र विकास भएको बताउनुभयो ।

एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले देशको समुन्नति तथा स्वाधीनताका लागि गठबन्धन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button