तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनले देश र जनताको भविष्य बनाउँछ : अध्यक्ष लिङ्देन

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभएको छ । 

आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो । 

सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गर्नुभयो । 

सोही चुनावीसभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आगामी निर्वाचनमा मत दिन आग्रह गर्नुभयो । 

उहाँले संसद्मा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button