निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडा अध्यक्ष पक्राउ

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ता रहेका छन् ।
वडा अध्यक्ष गुप्ताले प्रदेशसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आज दिउँसो १ः०० बजे तालाबन्दी गरेका थिए ।

गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।
प्रहरीको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयको ताला खोलिएको थियो । ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताउनुभएको छ ।
वडा अध्यक्ष गुप्तालाई छुटाउन गएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकवाल मिया र प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीलाई ईलाका प्रहरी कार्यालय सिमराले मुल गेटमै प्रवेशमा निषेध गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्