बाजुराको रानीसैन क्षेत्रमा सुरक्षा व्यवस्था कडा: सशस्त्र र नेपाल प्रहरीको अस्थायी चौकी स्थापना
बाजुरा। हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ ।
हिमाली गाउँपालिका–३ को रानीसैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानीसैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले कुटपिट गरेको घटना जेठ ५ गते बाहिरिएपछि उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी बस्ने भएको हो ।
गहृ मन्त्रालय सचिवस्तरको एक साताअघि भएको बैठकको निर्णयअनुसार रानीसैनको लाम्पाटामा ‘बिओपी’ र अस्थायी प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
रानीसैनमा जेठ ३ गते भएको घटनाको विषयमा उक्त क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि गृह सचिवस्तरको बैठकको निर्णयानुसार अस्थायी रूपमा ‘बिओपी’र प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ ।
रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयले कुटपिट गरी वडा सदस्य पेमागारा गुरुङ¬, स्थानीय घाइते हुनेमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उहाँकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मीनु कुँवर, प्रहरी चौकी विच्छ्या कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते हुनुभएको थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्