पाल्पामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु
पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ राक्सेका २२ वर्षीय कमल राना रहेको प्रहरीले जनाएको छ ।
गएराती सवा ८ बजेतिर ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका चालक रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
हुमीन पूर्वखोला कच्ची सडक खण्डको मंगलाचेवाबाट जल्पातर्फ जाँदै गरेको लु ४ त ७१९८ नम्बरको ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्