तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको सन्दर्भमा मिडिया अभिमुखीकरण कार्यक्रम

दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा आज निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख शकुन्तला राई र नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईले निर्वाचनमा सञ्चारकर्मी तथा सञ्चार माध्यमले पालना गर्नुपर्ने आचारसंहिता एवं निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न खेल्नुपर्ने भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत सहभागी सञ्चारकर्मीहरूले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गरी दोलखामा बुथ क्याप्चर हुन्छ भन्ने भ्रमलाई सधैँको लागि अन्त्य गर्न आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button