बझाङमा जीप दुर्घटना : छ जनाको मृत्यु

बझाङ । बझाङको मष्टा गाउँपालिका − १ तुफान डाँडामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
आज दिउसो सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।
जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।
उहाँका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म ६ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन समेत नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभएको छ ।
मृतक सबैको सनाखत हुन बाँकी रहेको छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउने गरिरहेका छन् ।
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्