तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियामा ३३ हजार  दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या  २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।

गत हप्ताको  पुष्टि भएका केसहरूको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ ।

यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ ।  कुल मृत्यु दर ०।११ प्रतिशत रहेको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button