पौडीमा मङ्गलवार तीन किर्तिमान
कास्की I नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलवार भएको पौडी खेलमा नेपाल आर्मीका एलेक जेण्डर शाहले ५० मिटर फ्रि स्टाइलमा आफ्नै रेकर्ड ब्रेक गरेका छन् ।
पोखराको फिस्टेल एकेडेमीमा भएको पौडी खेलमा यस अघिको उनकै नाममा रहेको २३ः९० सेकेण्डको रेकर्ड तोड्दै २३ः५७ बनाएका छन् ।
आज बिहान भएको हिट २ सय मिटर फ्रलाई पौडीमा एनआरएनका आशिष थापाले यस अघि रहेको एन आरएनका नाम्चे दोर्जे लामाको नाममा रहेको २ः१८ः१० मिनेटको रेकर्डलाई तोका छन् । निर्धारित दुरी थापाले २ः१६ः४३ मा पुरा गरेका थिए ।
आज बिहान हिट चरणमा भएका खेल पछि साझा वाकी रहेका ८ इभेन्टमा अझै नयाँ रेकर्ड कायम हुन सक्ने नेपाल पौडी खेलका संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्