तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य शिविरमा ८ सय जनाको स्वास्थ्य चेकजाँच

बारा । ब्रह्मर्षि समाज वीरगन्ज र वदन नगर युवा क्लबले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८ सय जनाले स्वास्थ्य चेकजाँच गराएका छन् ।

बाराको जीतपुरसँग जोडिएको वीरगन्ज महानगरपालिकाको बदननगरमा आयोजना गरिएको शिविरमा रोग विशेषज्ञ चिकित्सकहरूले बिरामीको उपचार गरेका थिए ।

उपचार गराउन आएका बिरामीहरूलाई निःशुल्क औषधी वितरण गरिएको डा.रवीन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button