तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचनमा सक्रिय सहभागिता आवश्यक’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । नेपाली जनताले राजतन्त्र फालेर सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने उहाँको भनाइ थियो । धार्मिकरुपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिवार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले कुनै पनि प्रलोभन, लोभ लालच, डर, धाक र धम्कीमा नपरी आफ्नै विवेक प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो । “लोकतन्त्रमा जनतानै शक्तिशाली हुन्छन्, निर्वाचनमा प्रत्येक भोटको उत्तिकै महत्त्व हुन्छ, जितेर गएका नेताले पनि जनताकै सेवा गर्नुपर्ने हुन्छ, त्यसैले लोकतन्त्रलाई बचाउन सबै नेपाली लागौँ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button