तपाईँ सुन्दै हुनुहुन्छः

बागी उम्मेदवारी फिर्ता लिन निर्देशन

काठमाडौँ । सत्ता गठबन्धनका दलहरूले गठबन्धनको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका गठबन्धन दलका नेता–कार्यकर्ता हरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।

file photo

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलको शीर्ष नेताहरूको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरी भोलि दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको हो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा तोकिएको समयसीमा भित्र बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका दलहरूले तालमेल गरी साझा उम्मेदवार खडा गरेका भए पनि केही क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button