तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु

जाजरकोट । जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । 

जिल्लाको छेडागाड नगरपालिका– १० खलटाकुराका १३ बर्षीय राजु परियारको चट्याङ लागेर मृत्यु भएको राम माध्यमिक विद्यालयका शिक्षक हेमन्त खत्रीले जानकारी दिनुभयो । 

उनलाई आज दिउँसो बाख्रा चराउन जङ्गल गएको समयमा चट्याङ लागेको थियो । 

मृतक बालक राम माध्यमिक विद्यालय खलटाकुरामा कक्षा ८ मा अध्ययनरत थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button