तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कंकालिनी मन्दिरमा ६ सय ६९ राँगाको बलि दिइयो

सप्तरी । सप्तरीको भारदह स्थित कंकालिनी भगवती मन्दिरमा बडा दसैको महानवमीका दिन ६ सय ६९ राँगाको बलि दिइएको  छ ।

सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहमा  अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा यतिको सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । मङ्गलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।

यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानवमीसम्म करिब २५ हजारको हाराहारीमा खसीबोकाको बलि दिएको समितिले जनाएको छ । प्रत्येक वर्ष महानवमीका दिन मन्दिरमा राँगा, खसी बोका र परेवाको बलि दिने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button