तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण दर्जन बढी घर पहिरोले बगायो

सल्यान । अविरल वर्षापछि आएको पहिरोले सल्यानका विभिन्न स्थानका दर्जन बढी घर गोठ पहिरोले बगाएको छ ।

तीन दिनदेखि भइरहेको वर्षाले शारदा, बागचौर, बनगाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी, कालीमाटीमा दर्जन बढी घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

वर्षा नरोकिएकाले क्षतिको विवरण अझै आउन सक्ने प्रहरीले जनाएको छ ।

विद्युत् र सडक अवरुद्ध
अविरल वर्षाका कारण विगत तीन दिनदेखि सल्यान अन्धकार बनेको छ भने ग्रामीण सडकहरू पूर्ण रुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण ठाउँ ठाउँमा पोल ढल्दा विद्युत् आपूर्ति हुन सकेको छैन ।

लगातार दुई परेको अविरल वर्षातका कारण ठाँउठाँउमा आएको पहिरोले छिन्चु –चौरजहारी सडक, जिल्लाका खलङ्गा–कालीमाटी, सारपानी –निगालपानी, थारमारे–चौरजहारी, लुहाम–काभ्रा, मोख्ला–दमाचौर, सालचौर–निगालचुला, रामपुर–दम्दवाली, लुहाम–फलाबाङ्ग, झिम्पे लगायत सडक रातिदेखि नै अवरुद्ध भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button