तपाईँ सुन्दै हुनुहुन्छः

बाराको चार वटै निर्वाचन  क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

बारा  । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाराको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कलैयाका प्रमुख सरोज चौधरीका अनुसार बारा क्षेत्र नं. १ को कोल्हवीमा, क्षेत्र नं. २ को महागढीको बरियारपुर, क्षेत्र नं. ३ को कलैयास्थित जिल्ला समन्वय समिति बाराको कार्यालयमा र ४ को जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुरमा कार्यालय स्थापना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button