गृहमन्त्री खाणद्वारा विजया दशमीको शुभकामना

भैरहवा । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले नेपालीहरूको महान् चाड विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहीनीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ३ ले नेपाली काँग्रेसको भैरहवा पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री खाणले नेपालीहरूको महान् चाड विजया दशमीले नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उन्नति ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानलगायतले शुभकामना दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्