तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट कोहलपुर पठाइयो 

सल्यान । जिल्लाको कुमाख गाउँपालिका ७ जिमालीमा जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान घाइते  सुनिता बोहरा पुन मगर र उहाँको ६ महिनाको छोरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सुनिताको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँको ६ महिनाको छोरीको अवस्था भने सामान्य रहेको छ । 

शनिबार बिहान कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  कुमाख गाउँपालिका ७ जिमालीमा दुर्घटना भएको थियो । । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।  

यस्तै अन्य १५ जना घाइतेलाई पनि नेपालगञ्ज रिफर गरिएको छ । जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिकमा उपचार गराइ रहेको १५ जनाको प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button