बर्दियामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै
बर्दिया । बिगत तीन बर्ष यता बर्दियामा राहदानी बनाउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आफ्नै देशमा उचित पारिश्रमिक नपाउँदा बर्दियाका युवाहरू विदेशमा गई केही कमाइ हुन्छ की भनेर सानो आशा बोकी धमाधम राहदानी बनाइ रहेका छन् ।
पछिल्लो समयमा राहदानी बाउनेको सङ्ख्या बढ्दै गएको छ । विदेश गएर टन्न पैसा कमाइ आफ्नो भविष्य कोर्न पाइन्छ की भनेर युवाहरू राहदानी बनाउन बाध्य भएका छन् । जिल्लामा राहदानी बाउने को सङ्ख्या दोब्बर भएको र यसको सङ्ख्यामा अझै वृद्धि हुन सक्ने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भएको छ ।
देशमा बेरोजगार, पर्याप्त रोजगारीको अवसर नहुँदा बिदेसिनु परेको राहदानी लिन आएकाहरू बताउँछन् । स्वदेशमा उपयुक्त रोजगारको अवसर नहुँदा देशका युवाहरू बिदेसिन बाध्य रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्