तपाईँ सुन्दै हुनुहुन्छः

रेस्लर जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित

काठमाडौँ । नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जानकारी दिनुभयो ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटीमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराउनुभयो ।

सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाउनुभयो । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको थियो ।

एक दिने प्रतियोगितामा नेपालबाट एक महिलासहित पाँच, अमेरिकाबाट एक तथा भारत र पाकिस्तानबाट दुई दुई गरी १० रेस्लर सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button