तपाईँ सुन्दै हुनुहुन्छः

डुबानग्रस्त क्षेत्रमा फसेकाहरूको उद्धारका लागि डुङ्गा परिचालन

धनगढी । कैलालीको बाढी डुबानग्रस्त क्षेत्रमा फसेकाहरूको उद्धारका लागि डुङ्गा परिचालन गरिएको छ ।

बाढीले घरहरू डुबानमा परेपछि फसेकाहरूलाई संयुक्त खोज तथा उद्धार टोलीले डुङ्गा मार्फत उद्धार गरिरहेको छ ।

बाढी प्रभावित भजनी नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा डुङ्गा मार्फत उद्धार कार्य भइरहेको र बाढी प्रभावित सबै क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बाढीले पुरै बस्ती डुबान गरेको र घरमा फसेकाहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको बताउनुभयो । कैलालीमा बाढीबाट झण्डै १५ सय घर डुबानमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button