तपाईँ सुन्दै हुनुहुन्छः

‘गठबन्धनले विकास र समृद्धिको चाहनालाई व्यवहारमा कार्यान्वयन गर्छ’

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभएको छ ।

फाइल तस्बिर

मन्त्रालयमा नेपाल प्रेस युनियन सम्बद्ध पत्रकारहरू सँगको भेटमा मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमै सम्पन्न हुने, वर्तमान गठबन्धन कायम रहने र त्यसले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनुभयो ।

तस्वीरः गोरखापत्र अनलाइन

नेपाल प्रेस युनियनको नवनिर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुहुँदै मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग रहने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहितका पदाधिकारीहरूले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button