तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका दुई पालिकासहित ९ वडा सङ्कटग्रस्त क्षेत्र घोषणा

राजविराज । संघीय सरकारले सप्तरीको दुई पालिकाका केही वडासहित तीन जिल्लाका १६ वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृह मन्त्रालयले गत साउन १७ मा सप्तकोसी नदीमा आएको भेल/बाढीबाट प्रभावित सप्तरीसहित उदयपुर र सुनसरीका ४ पालिकासहित १६ वडालाई २०७९ पुस मसान्तसम्मका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कंचनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै, उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १ २, ३, ८ र ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ लाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा उपदफा १ मा ‘नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेछ’ भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button