शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै तुर्माखाँद गाउँपालिकाको बजेट पारित

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट पारित गरेको छ ।
विवादका बीच केही ढिलो गरि ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक विस्तार, वडा तथा अन्य क्षेत्रमा अधुरा भौतिक संरचना पूर्ति गर्ने प्रतिबद्धता तथा घोषणापत्र अनुसार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।
तुर्माखाँद गाउँपालिकामा क्याम्पस स्थापनाको लागि ४० लाख, २ एम्बुलेन्स खरिदका लागि ४० लाख, निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत निजी स्रोतका शिक्षक र कर्मचारीहरूको तलबका लागि १ करोड ६७ लाख, बिन्द्रासैनी मावि हरफमा १२ कक्षा सञ्चालनका लागि ११ लाख रकम यस आर्थिक बर्ष २०७९/०८० मा कार्यान्वयन हुने गरि विनियोजन गरिएको छ ।
त्यसैगरी सबै वडामा बिजुली बत्ती बिस्तार कार्यक्रम अन्तर्गत विद्युतिकरणका ४० चालीस लाख, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि १ करोड, एमबिबिएस अध्ययन गर्ने २ गाउँपालिकाका विद्यार्थीलाई वार्षिक २१ लाख, एक वडा एक मनोरञ्जन पार्क कार्यक्रम अन्तर्गत तुर्माखाँद वडाको कालसैनी डाँडामा मनोरञ्जन पार्क र पैदलमार्ग निर्माणको लागि ८ लगायत गरि झण्डै केन्द्र, प्रदेश र आफ्नै पालिकाका गरि थुप्रै जनमुखी योजनामा बजेट विनियोजन गरिएको छ ।
५ वर्षको अवधिमा गर्न सकिने योजना अनुरुप जनतामा प्रतिबद्धता गरेकाले क्रमिक रुपमा पूरा हुँदै जाने अध्यक्ष बिसीले बताउनुभयो ।
उहाँले आफू जनताको सेवक भएकाले हरेक समय जनतालाई सुझाव सल्लाह लिन र भए गरेका काम कारबाहीमा खबरदारी गर्न समेत आग्रह गर्नुभयो ।
जनताका लागि प्रत्यक्ष फाइदा हुने योजना सहित भौतिक क्षेत्र समेत उकास्ने गरि हरेक सुझावमा समेत बजेट विनियोजन भएकाले प्रभावकारी रुपमा कार्यान्वयन हुने तुर्माखाँद गाउँपालिकाका प्रवक्ता एव वडा नम्बर ८ का अध्यक्ष निरक शाहीले बताउनुभयो ।
जनताले गाउँ गाउँमा सिंहदरबारको अनुभूति गर्न पाउन भन्ने ध्येयका साथ समेत सबै जनप्रतिनिधि बजेट कार्यान्वयन र सामाजिक कार्यमा लागि परेका बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्