तपाईँ सुन्दै हुनुहुन्छः

७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार नाघे

काठमाडौँ । देशभरि आज ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

५ हजार ९ सय २६ नमुनाको परीक्षण गर्दा ७ सय ६० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणलाई जितेर ३ सय २४ जना घर फर्किएका छन् । 

कोरोना सङ्क्रमणको सङ्ख्या दैनिक बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेका छन् । देशैभरि ५ हजार ६ सय २ सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । 

आज ४७ हजार ३ सय ४१ ले कोरोना विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button