तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा भित्र्याइएका चाँदीका कचौरा र मूर्तिसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रुपमा भारतबाट ल्याइरहेको अवस्थामा चाँदीका कचौरा तथा मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरू ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको गस्ती टोलीले बिहान साँढे ११ बजे वीरगञ्जको रजत जयन्ती चोकमा विआर ०५ एएस २१६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा वीरगञ्ज महानगरपालिका–६ निवासी १८ वर्षीय साहिल कुमार साहलाई खानतलासी गर्दा निजले बोकेको ब्यागभित्र १ किलो १ सय ६ ग्राम चाँदीका कचौरा तथा मूर्ति फेला परेको प्रहरीले जनाएको छ ।

निजलाई थप कारबाहीका लागि चाँदीका गहनासहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button