तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

बारा । बारामा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–२० पसहा खोलामा बीआर ०५ एएम ११६५ नम्बरको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक देवताल गाउँपालिका–२ का ६० वर्षीय रामअच्छे साह तेली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button