तपाईँ सुन्दै हुनुहुन्छः

रुसद्वारा युक्रेनको दक्षिणी क्षेत्रहरूमा व्यापक रुपमा सेनाको सङ्ख्यामा  वृद्धि

काठमाडौं । रुसले युक्रेनबाट कब्जा गरेको खेर्सोन र जापोरिजिया लगायतका दक्षिणी क्षेत्रहरूमा व्यापक रूपमा सेनाको सङ्ख्या बढाएको छ । 

युक्रेन सरकारले रुसले आफ्नो सैन्य रणनीति परिवर्तन गरेर दक्षिणमा आफ्नो सेनाको सङ्ख्या बढाएको बताएको छ । 

यसैबीच रुसले युक्रेनबाट कब्जा गरेर बनाएको राष्ट्र जनवादी गणतन्त्र डोनेस्कका नेता डेनिस पुसिलिनले आफूहरूले रुसले कियभ, खार्किभ ओडिसा , चेरनिभ लगायतका युक्रेनी सहरहरू कब्जा गरेको हेर्न चाहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button