नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा तयारी सुरु

कास्की । नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । नवौँ राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरू सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो ।
बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोबास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातायात व्यवस्थापन उपसमिति संयोजकमा तारामाया थापा, सुरक्षा उपसमिति संयोजकमा ऋषिराम गौतम, प्रचार–प्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी अनुसन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु माया गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृति भण्डारीलाई जिम्मेवारी दिएको छ ।
प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले खेल सञ्चालन कार्यविधि, २०७९ छलफल पछि स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ । त्यस्तै आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब ७ करोड खर्च रकम स्वीकृतिका मन्त्रालय पठाउने निर्णय समेत गरेको प्रदेश खेलकुदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्