तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकलाई घर-घरमै पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरिने

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर– घरमा गएर प्रदान गर्ने भएको छ ।

मङ्गलवार वराह क्षेत्रमा भत्ता वितरण गर्दै आएका बैङ्कहरूको छलफलबाट उक्त निर्णय गरिएको हो ।

त्यस अवसरमा अन्य सामाजिक सुरक्षा भत्ता पनि टोल–टोलमा गएर वितरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

८० वर्ष माथिका ज्येष्ठ नागरिक र रातो कार्ड भएका अपाङ्गहरू बैङ्कमा आएर भत्ता लिन नसक्ने भएकाले उनीहरूलाई घरमै पुगेर भत्ता प्रदान गर्न बैङ्कसँग छलफल गरिएको पञ्जिकरण शाखाका एम.आइ .एस. अपरेटर पवन पोखरेल बताउनुभयो ।

८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप भत्ता घरमै प्रदान गर्न लागिएको र रातो कार्ड भएका अशक्तलाई समेत घरमा नै भत्ता दिने सहमति बैंकसँग भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ताको विषयमा नगरपालिकालाई बैङ्कले दिने प्रतिवेदन र भत्ता वितरणलाई सहज र व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको पञ्जिकरण शाखाका एम.आइ .एस. अपरेटर पवन पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button